आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपाल ओमानसँग खेल्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ६ गते। 

आइईसीसी टि-२० विश्कप अन्तर्गत ग्लोबल छनोट खेलमा आजदेखि सुरु हुँदैछ ।

उदघाटन खेलमै नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ ।

समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबीचको खेल बिहान ११:४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ ।

ग्लोबल क्वालिफायर ए मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल र ओमानसहित क्यानडा र फिलिपिन्स समूह ‘ए’ मा छन् ।

क्वालिफायर एबाट शीर्ष दुई टिम मात्र अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् । त्यसैले दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालका लागि हरेक खेल महत्वपूर्ण छ ।

क्वालिफायरअघि नेपालले ओमानमै चारदेशीय टी–२० सिरिज खेल्दै तयारी समेत गरेको थियो । जसमा नेपालले पहिलो खेलमा ओमानलाई नै पराजित गरेको थियो । युएई र आयरल्याण्डसँग भने नेपाल पराजित भएको थियो । उक्त सिरिजमा नेपालले सकेसम्म सबैलाई अवसर दिंदै सही टिम छान्ने अवसरको रुपमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *