एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ६ गते। 

एमसीसीको विरोधमा आज पनि नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् ।

एमसीसी विरुद्ध अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् ।

बानेश्वरमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले पनि एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई एभरेष्ट होटल नजिकको सडकमा रोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *