अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन ६ गते।
भारतमा बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।
१४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।
सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी घाइते भएका थिए । उक्त बिष्फोट इण्डियन मुजाहिदीनले गराएको प्रहरी अधिकारीले जनाएका छन् ।
यो घटनामा मृत्यु भएका परिवारका सदस्यलाई एक लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँको दरले राहत दिन पनि अदालतले आदेश दिएको छ ।