गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान सुरु हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ६ गते। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान सुरु हुँदै छ ।

रुपन्देहीको भैरहवामा नयाँ बनेको उक्त विमानस्थलमा थाइल्याण्डको एरो थाई विमानले परीक्षण उडान गर्नेछ । उक्त विमान बिहीबार साँझ नै विमानस्थलमा पुगिसकेको छ ।

परीक्षण उडान एवं प्राविधिक पक्षको निरीक्षणका लागि सात जनाको टोली पनि बिहीबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । पाइलट, को–पाइलट तथा प्राविधिकसहितको उक्त टोली बिहीबार साँझ नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो ।

विमानस्थल कार्यालयका अनुसार आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । थाई विमानले १० दिनसम्म प्राविधिक परीक्षण उडान सम्पन्न गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *