अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन २१ गते।
अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको निधन भएको छ ।
शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ ।
वार्नको व्यवस्थापकका अनुसार नेपाली समयअनुसार शुक्रबार साँझ उनको थाइल्यान्डमा निधन भएको हो।
विश्वकै सर्वाधिक सफल लेग स्पिनर वार्नले अष्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडिआई खेल खेलेका थिए। उनले टेस्टमा ७ सय ८ विकेट र ओडिआईमा २ सय ९३ विकेट लिएका थिए ।