आईपीएलमा बिहीबार भएको खेलमा लखनउ सुपर जाइन्टले चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,चैत्र १८ गते।

आईपीएलमा बिहीबार भएको खेलमा लखनउ सुपर जाइन्टले चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गरेको हो ।

बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक  ६१ रन बनाए । यस्तै इभिन लेविसले ५५ तथा  कप्तान केएल राहुलले ४० रनको योगदान गरे ।  चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो ।​ चेन्नईका लागि रोबिन उथप्पाले  सर्वाधिक ५० रन बनाए । यस्तै शिबम डुबेले ४९ रन र  मोइन अलीले ३५ रन बनाए ।

लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले समान२ विकेट लिए । हारसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन

जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *