टी–२० क्रिकेट अन्तर्गत आज नेपाल मलेसियासँग खेल्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १९ गते।

टी–२० क्रिकेट अन्तर्गत आज नेपाल मलेसियासँग खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि किक्रेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ।

मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । मलेसिया पराजित भएमा फाइनलमा पीएनजीले स्थान बनाउनेछ । त्यसैले पनि आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ । फाइनल पुग्न मलेसियालाई दबाब पनि हुनेछ ।

नेपालले यसअघिका तीन खेलमा सहज जित निकालेको छ । दुई खेलमा पपुवा न्युगिनी र एक खेलमा मलेसियालाई पराजित र्दै नेपाल फाइनलमा पुगेको थियो । नेपालले यसअघिको भेटमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । पीएनजी ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *