आईपीएलमा पन्जाब किङ्ससँगले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख २१ गते।

आईपीएलमा पन्जाब किङ्ससँगले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो।

मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

पन्जाबका शिखर धवनले सर्वाधिक ६२ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो ।

गुजरातका साई सुदर्शनले सर्वाधिक ६५ रन बनाए ।  यस्तै,  रिद्दिमान शाहले २१ रनको योगदान गरे । पन्जाबका कागिसो राबडाले ४ विकेट लिए ।

जितपछि पन्जाब १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा  छ । दोस्रो हार बेहोरेको गुजरात १० खेलबाट  १६ अंक जोडेर शीर्ष स्थानमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *