आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्याण्डको सामना गर्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २९ गते।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ ।

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे ग्लासगेस्थित टिटवुड स्टेडियममा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

लिग–२ को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं छ । स्कटल्याण्ड २१ खेलमा ३० अंकका साथ दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *