अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक ६ गते।
टी–२० विश्वकपमा आज भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदै छ।
मेलबर्न क्रिकेट मैदानमा समूह २ अन्तर्गत हुने खेल दिउँसो १:४५ मा सुरु हुने छ।
उक्त खेलका लागि १ लाख दर्शकले मैदानमा र करिब ३० करोडले टिभी तथा डिजिटल प्लेटफर्मबाट खेल हेर्ने अनुमान गरिएको छ।
अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसिजी) मा ३७ वर्षपछि भारत र पाकिस्तान एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्।