आज नेपालले निर्णायक सिरिजमा यूएईसँग प्रतिस्पर्धा गर्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २ गते।

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ ।

बुधवार भएको दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो । यो परिणामसँगै श्रृंखलामा एक/एकको बराबरी भएको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ ।

नेपाल र यूएईबीचको हालसम्म ८ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने यूएईले ५ खेल जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *