फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ७ गते।

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरू हुनेछन् ।

पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६:५ बजे सुरु हुनेछ ।

विश्वकप अन्तर्गत नै बुधबार हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति ९स्४५ बजे सुरु हुनेछ ।

त्यस्तै बुधबार हुने चौंथो खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ । समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *