अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,मंसिर ७ गते।
विश्वकप फुटबलमा मंगलबार भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलको अन्तरले पराजित भएको हो ।
अर्जेन्टिनाका लागि १० औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रत लिएपनि पछि उनको टोलीले एक गोल पनि गर्न सकेन ।
साउदी अरेबियाको जितको खुसीमा राजा सलमानले बुधबार बिदाको घोषणा गरेका छन् । यो बिदा सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारी र विद्यार्थीका लागि हो ।
साउदी अरेबियालाई अर्जेन्टिनाविरुद्ध पहिलो पटक जित दिलाउन सालेह अल शेहरी र सालेम अल दावसरीले गोल गरेका थिए ।
ऐतिहासिक जितपछि साउदीमा बुधबार सबैखाले कामदारलाई छुट्टी दिइने छ ।
विश्वकपमा साउदी अरेबियाले चौथो जित निकाल्दा अर्जेन्टिनाको भने लगातार ३६ खेलमा अपराजित यात्रा टुङ्गिएको छ ।