अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ७ गते।
मिथिलाञ्चलको राजधानी जनकपुरमा आजदेखि सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आज देखि प्रारम्भ भएको छ ।
प्रत्येक वर्षझैँ महोत्सवका लागि जानकी मन्दिरलाई भव्य रुपमा सजाईएको छ ।
सप्ताहव्यापी विवाह पञ्चमीअन्तर्गत मनाइने पहिलो दिन आज जानकी नगरदर्शन गरी प्रारम्भ हुनेछ ।
सात दिनसम्म विधिवत् रूपमा मनाइने विवाहपञ्चमीमा प्रत्येक दिन विवाहका विधिहरू गर्ने गरिन्छ ।
विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन मङ्सिर ७ गते बुधबार नगरदर्शन, दोस्रो दिन मङ्सिर ८ गते बिहीबार फूलबारी लीला, मङ्सिर ९ गते शुक्रबार धनुष यज्ञ, चौथो दिन मङ्सिर १० गते शनिबार तिलकोत्सव, मङ्सिर ११ गते आइतबार मटकोर र मङ्सिर १२ गते सोमबार रामसीता स्वयम्बर तथा विवाह कार्यक्रम हुनेछ ।
सप्ताहव्यापी विवाह महोत्सवको अन्तिम दिन मङ्सिर १३ गते मङ्गलबार रामकलेवा गरी जन्ती बिदा गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुनेछ ।