अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ८ गते।
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई फराकिलो मतले हराउँदै शाहीले विजयी हासिल गरे । शाहीले २२८१९ मत पाए भने माओवादी केन्द्रकी कुँवरले ११ हजार ९५९ मत पाइन् ।
नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६५२८ मत पाए ।