विवाहपञ्चमी महोत्सवमा तीन दिन दैनिक तीन पटक नेपाली रेल चल्ने

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ८ गते। 

विवाहपञ्चमी महोत्सवमा तीन दिन दैनिक तीन पटक नेपाली रेल चल्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक निरञ्जन झाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

लाखौँ श्रद्धालुभक्तजन भारतबाट समेत आउने गरेका लागि नेपाल रेल्वे कम्पनीले नियमित सञ्चालनभन्दा बढी पटक तीन दिन रेल चलाउने भएको छ ।

मंसिर ११, १२ र १३ गते तीन पटक सेवा दिइने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक निरञ्जन झाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कुर्थाबाट जनकपुरधाम हुँदै जयनगरको लागि विहान १०: ४५, १:४० र ५:१५ मा जयनगरको लागि खुल्ने सूचनामार्फत जनाइएको छ । यस्तै, जयनगरबाट विहान ८:३०, १२:३० र ३ बजे जनकपुरधाम कुर्थाको लागि आउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *