एकदिवसीय सिरिजको पहिलो खेलमा न्युजिल्याण्डले भारतलाई ७ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,मंसिर ९ गते। 

एकदिवसीय सिरिजको पहिलो खेलमा न्युजिल्याण्डले भारतलाई ७ विकेटले पराजित गरेको छ ।

कप्तान तथा ओपनर शिखर धवनको ७२ रन, शुभमन गिलको ५० रन र श्रेयस अय्यर ८० रनको अर्धशतकीय इनिङ्समा भारतीय टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०६ रन बनाएको थियो । त्यस्तै टिम साउथी र लोकी फर्गुसनले ३र३ विकेट लिए । यस खेलबाट उमरान मलिक र अर्शदीप सिंहले भारतीय टोलीका लागि एकदिवसीय डेब्यू गरेका थिए।

लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा ८८ रनमा तीन विकेट गुमाएको थियो । यसपछि कप्तान केन विलियम्सन र टम लाथमको जोडी पिचमा रहे र ४८ औं ओभरको पहिलो बलमा अन्तिमसम्म आउट नभई टोलीलाई जित दिलाए ।

यो जितसँगै न्युजिल्याण्डले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *