अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १० गते।
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् ।
कतार विश्वकपमा आज समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा बराबरी खेलेको पोल्याण्ड पहिलो जितको खोजीमा रहेको छ । साउदी भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
विश्वकप अन्तर्गत नै आज हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
त्यस्तै चौंथो खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।