आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजका लागि नेपाल आज नामिबियासँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २१ गते।

आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजका लागि नेपाल आज नामिबियासँग खेल्दैछ।

नेपाल र नामिबिया बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १:४५ बाट सुरु हुनेछ ।

यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागिता रहेको छ । नेपाल र नामिबिया तीन एक दिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ ।

यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल वर्षाले प्रभावित हुँदा अंक बाँडिएको थियो ।

यस सिरिजमा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाडेको छ । नामिबियाले ३ खेल खेल्दा १ मा जित,१ मा हार र १ मा अंक बाडेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *