अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २९ गते।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले आज राजीनामा दिएका छन् ।
चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।