नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १४ गते।

नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछन् ।

पहिलो तथा प्रतियोगिताको एघारौं खेलमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्स बीच खेल हँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

तीन खेल खेलेको विराटनगरले पहिलो जितका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ । विराटनगर आज दोस्रो जितको खोजीमा रहेको छ ।

चार खेल खेलेर अंक बिहिन पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखरा ४ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।

आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ ।

पहिलो र दोस्रो खेल जितेको जनकपुर तेस्रो खेलमा भने पराजित भएको थियो । जनकपुर चौथो खेलमा तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

तीन खेल खेलेर १ जित हात पारेको फार वेस्ट चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । फार वेस्ट ३ खेलमा २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *