स्वीडेनमा लगाइएको सबै प्रतिवन्धात्मक व्यवस्थाहरु हटाईयो

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ २१ गते। 

स्वीडेनमा कोरोनाभाइरसको महामारीको कारण लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ।

अरु युरोपेली मुलुकहरुमा जस्तै स्वीडेनमा पनि प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको प्रधानमन्त्री माग्डलेना अन्डेर्सनले जानकारी दिइन्।

“देशमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु अब हटाउने बेला भएको छ, अब स्वीडेन पुरै खुल्ला हुनेछ,” उनले भनिन्। उनका अनुसार यही फेब्रअरी ९ देखि लागु हुनेगरी सबै प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *