जर्मनीको बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु, ३० जना घाइते

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ २१ गते।

जर्मनीको बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।

विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस–पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चान्सलर ओलाफ स्कोल्जले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *