चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै, डब्ल्यूएचओ द्धारा चिन्ता व्यक्त

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ७ गते।

चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ ।

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि डब्ल्यूएचओले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ ।

जेनेभाको एक कार्यक्रममा उनले भनेका छन्, ‘निकै संक्रामक कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य र सामाजिक नियमहरुबाट मात्रै रोक्न निकै मुस्किल छ । खोप अभियान यसबाट जोगिने उपाय हुनसक्छ ।’

बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ ।

डब्ल्यूएचओका रायनले भनेका छन्, ‘चीनमा आईसीयूमा निकै थोरै संख्या भनिएको छ, तर आईसीयू भरिंदै गएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *