ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंकःइन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असार ७ गते

वल्र्डलिंकलेग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधाल्याएको छ । निजीक्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वल्र्डलिंककम्युनिकेशन्सले इन्टरनेटको स्पिड स्लो भए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको हो।

नेपाली इन्टरनेट सेवाप्रदायकहरु बीच पहिलो पटक वल्र्डलिंकले शर्त अनुसारको सेवाग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ। आफ्ना ग्राहकहरुलाई अब वल्र्डलिंको इन्टरनेट स्पिडस्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको हो। यो समयमा जब अरु सबै कम्पनीहरु मुल्यको प्रतिस्पर्धामा रहेका छन् भने वल्र्डलिंकले गुणस्तरिय सेवालाई प्राथमिकतादिएको छ।

 

स्ट्यान्डर्ड प्याकेजप्रयोगकर्ताले पाउछन् मनीब्याकग्यारेन्टी

वल्र्डलिंकका ७लाख८० हजार ग्राहकहरु रहेका छन् भने जस अन्तर्गत  ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क बिना नै यो सेवा पाउने जानकारी गराइन्छ। हाललाई यी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो मनीब्याकग्यारेन्टीको सुविधा उपलब्ध हुने छैन भने यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र मनीब्याकग्यारेन्टी सुविधा प्रयोग गर्न पाउँने छन्। यो सुविधादिनकालागि कम्पनीले थप आवश्यक प्राविधिक कर्मचारीहरु परिचालन गर्नेछ।

 

कसरी दाबी गर्ने? कति रकम फिर्ता हुन्छ ?

ग्राहकको इन्टरनेट स्पिड स्लो हुँने वित्तिकै रकमफिर्ता पाइहाल्ने भने होइन। स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोन मार्फत, शाखाकार्यालय, वा अनलाइनसेवाबाट जानकारी गराउनु पर्नेछ।

वल्र्डलिंकले आफ्नाप्राविधिककर्मचारी लाई ग्राहकको ठेगानामा ईन्टरनेट स्पीड चेक गर्न पठाँउनेछ, ईन्टरनेट स्लो भएको कारण पत्तालगाइ समस्याको समाधान गर्नेछ ।तथापि स्पीडको समस्या  यथावत रहेमा ग्राहकले मनीब्याकग्यारेन्टी सुविधाअन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछ।

रकमफिर्ता मागगर्दा ग्राहकले प्याकेज लिएको जतिदिनबाँकी रहन्छ सो  बराबरको रकममात्रफिर्ता पाउने व्यवस्था गरेको छ। उदाहरणकोलागि ९० दिनको प्याकेज लिएको ग्राहकले २५ दिनउपभोग गरीसकेको छ भने ६५ दिनको रकममात्रफिर्ता पाउनेछ।

कसले दाबी गर्ने ?

इन्टरनेट स्पिड स्लो भएकोग्राहकहरुले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन्।यदि इन्टरनेट स्पिड स्लो हुँदा वल्र्डलिंकले समस्या समाधान गर्न नसकेको खण्डमा मात्रमनीब्याकग्यारेन्टी अफर लागु हुनेछ।

५१ वटा शाखामासर्भिस ग्यारेन्टीको अफर

वल्र्डलिंकले देशभरका मुख्य शहरहरुमा मनीब्याकग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ। जसमध्ये ५१ वटा शाखाकाग्राहकहरुले सुविधाको फाइदालिन सक्नेछन्। जसमा देशभरका सबै मुख्य शहरहरु पर्दछन्। वल्र्डलिंकले आउने दिनहरुमा यो सुबिधा अरु शाखाहरुमा पनिउपलब्ध गराउँदै जाने छ ।

वल्र्डलिंकको सेवादुर्गम क्षेत्रमा समेत पुगिसकेको छ र २७ वर्षदेखीआफ्नो उपस्थिती रहेको वल्र्डलिंकको पहुँच ७४ नेपालको जिल्लामा पुगिसकेको जानकारी गराउँदछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *