अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ३० गते।
पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ। नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो।
यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ पुगेको छ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
सो अनुसार काठमाडौं, पोखरा र दिपालयलाई तस्रो वर्गमा विभाजन गरिएको छ। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ हुने निगमले जनाएको छ।