मधेस प्रदेश लोक सेवा आयोगद्धारा निजामती सेवाका नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,साउन ३२ गते।

मधेस प्रदेश लोक सेवा आयोगले निजामती सेवाका नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान गरेको छ ।

प्रदेश निजामती सेवाका अधिकृत एघारौं र नवौं तहमा निम्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *