अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १३ गते।
गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।
जसअनुसार आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी आयोगले (प्राविधिक/अप्राविधिक) गरी आज दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर ९ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।