अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस ९ गते।
बागमती प्रदेश लोक सेवा आयोगले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ।
बागमती प्रदेश लोक सेवा आयोगले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो।
आयोगले प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ रिक्त पद पदपूर्तिका लागि आवेदन मागेको हो। स्वास्थ्य सेवातर्फ ज्येष्ठता र कार्य सम्पादनको मूल्यांकनबाट हुने बढुवा तथा खुलातर्फको दरखास्त आह्वान गरिएको छ ।