अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,चैत्र १७ गते।
श्रोत नखुलेको १४ लाख रुपैयाँसहित धनुषाबाट दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट धनुषाधाम नगरपालिका २ का ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह हुन् ।
भारतको जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं.२–०२–००३ प ७०४५ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा दुबैजनाको साथबाट १४ लाख श्रोत नखुलेको रकम बरामद गरिएको हो ।
दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।