अनलाईन न्युजपाटी , जनकपुरधाम,समाचारदाता,जेठ ९ गते।
श्रोत नखुलेको २० लाख रकमसहित एक जना हुण्डी कारोवारी धुनषाबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत जिल्ला सितामढी ग्राम पञ्चायत मनपुर घर भई हाल जनकपुर उपमहानगरपालिका ६ मा डेरा गरी बस्ने वर्ष २५ को रन्धिर ठाकुर रहेको छ ।
विशेष सुचनाको अधारमा जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. ६ डोम्बाबारीस्थित गस्तिमा खटिएको प्रहरी टोलीले ठाकुरलाई चेकजाँच गर्दा हरियो झोला भित्र स्रोत नखुलेको नेपाली रू.२०,००,००० नगद फेला परेको छ ।
नगदसहित ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाईएको धनुषा प्रहरीले जनाएको छ ।