अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,जेठ १० गते।
आज मधेस प्रदेशसभा बैठक बस्ने भएको छ ।
बैठकमा प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभालाई मन्त्रिपरिषद् विस्तार भएको पत्र पनि पढेर सुनाउने लगायतको सम्भावित कार्यसूची छन् । प्रदेशसभाका सचिव रञ्जित यादवले मंगलबार राति आठ बजे सम्म कार्यसूची तय भइनसकेको बताए ।
प्रदेशसभा बैठक यही जेठ ६ गते बैठक बसेको थियो । यो सरकारले तीन वटा विधेयक मात्र सभामा पेश गरेको छ । जसमध्ये खेलकुद विकास सम्बन्धी बनेको विधेयक महिला बालबालिका तथा सामाजिक न्याय समितिमा दफावार छलफलको लागि पठाइएको छ ।