नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया दशगजा पारी एक महिलाको गोली हानी हत्या

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,साउन ७ गते।

नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।

गएराति ८:२० बजे मोटरसाइकलमा सवार दुई जना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको धनुषा प्रहरीले जनाएको छ ।

ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी वेदप्रसाद गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *