महोत्तरीमा एनएमबी बैंक लुट्ने समूहका एकजना पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,साउन ११ गते।

महोत्तरीमा एनएमबी बैंक लुट्ने समूहका एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।

बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट उनलाई पक्राउ गर्न सफल भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका अजय माथि हातहतियार र चोरी डाकाँ शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिइ अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *