महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,भदौ १९ गते।

महोत्तरीको सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेपछि झडपको अवस्था सृजना भएको हो ।

विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीहरू प्रहरीमाथि ढंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको हो। ढुंगामुढाबाट आधा दर्जन प्रहरी घाइते भएको बताइएको छ।

अहिले गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त छ ।

महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार विद्यार्थीको ढुंगामुढाबाट केही प्रहरी समेत घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *