
यस अन्नपूर्ण युथ क्लबका अध्यक्ष बिरेन्द्र मण्डलका प्यारो छोरा तथा हामी सबैको प्यारो अति मिलन्सार कुशल स्वभावका धनी ब्यक्तित्व रमेश मण्डल को हिजो बिहान आइतबार २४ गते असमायिक निधनको खबरले हामी सबै मर्महित भएका छौ, साथै यस दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ l साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।