अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस २ गते।
जनकपुरधाममा भगवान राम र जानकीको विवाह धुमधामका साथ सम्पन्न भएको छ ।
जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको छैठौ दिन हिजो दिउँसो भगवान राम र जानकीको विवाह धुमधामका साथ सम्पन्न भएको छ ।
राम र जानकीको डोला फेर गरि बाह्रबिघा मैदानमा स्वयंवर गरिएपछि रातभर जानकी मन्दिरमा वैवाहिक कार्यक्रम चलेको थियो । विवाह हेर्न भेला भएका हजारौं श्रद्धालुभक्तजनले जानकी मन्दिर प्रांगण खचाखच भरिएको थियो ।
विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा मनाइँदै छ । विवाहपछि जन्तीको रुपमा आएका साधुसन्तलाई भोजन गराएर ससम्मान बिदाइ गर्ने परम्परालाई राम कलेवा भन्ने गरिन्छ ।