अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ३० गते।
आज र भोलि नारायणगढ–मुग्लिन सडकखण्डमा माघे संक्रान्तिका लागि सवारी नरोकिने भएको हो।
पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे संक्रान्तिका लागि सवारी नरोकिने भएको हो।
माघे संक्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ।
सो आयोजना हेर्दै आएको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ-मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ।
उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ ।