अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ३० गते।
गण्डकी प्रदेशको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् ।
शनिबार बसेको प्रदेशसभा बैठकले धितालले ३२ संसदले मतसहित सभामुखमा निर्वाचित भएका हुन् ।
सभामा ५८ संसद उपस्थित थिए ।
धिताललाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र र्सांसद दीपक मनाङेले पनि मत दिए । एमालेबाटै निर्वाचित भएका ज्येष्ठ सदस्य मित्रलाल बस्याल भने मत विभाजनमा सहभागी भएनन् ।
सभामुखमा नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारीले पनि उम्मेदवारी दिएकी थिइन् । तर उनी पराजित भइन् ।