आज माघ १ गते, माघे संक्रान्ति पर्व मनाइँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १ गते।

आज माघ १ गते, माघे संक्रान्ति पर्व मनाइँदैछ ।

माघे संक्रान्तिलाई मधेशी समुदायहरु आजको दिनलाई तिलासकराइतको रुपमा मनाउने गर्दछन् भने थारु समुदायले माघी पर्वको मनाउँछन् ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धार्मिक मान्यताहरुका अनुसार उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

मधेशका मैथिली लगायत मधेशी समुदायले आजको दिनमा तील, च्युरा, मुरही लगायतको परिकारलाई सक्खर मिलाएर लड्डु (लाइ) बनाउने गर्दछन् । नुहाएर तिलचामल चढाएर खानुको साथै लाइ घ्यु, खिचडी खाने चलन छ ।

थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *