गण्डकी प्रदेश सभामा आज सभामुखको निर्वाचन हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ३० गते।

आज गण्डकी प्रदेश सभामा सभामुखको निर्वाचन हुने भएको छ। जसका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभामा सभामुखको निर्वाचन हुँदैछ ।

कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा् सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको १:३० बजे सूची प्रकाशन गर्ने जनाइएको छ ।

त्यसैगरी ३ बजेको बैठकमा उम्मेदवारीको सूचनामाथि छलफल भई निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

सहमति अनुसार नै गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भइसकेका छन् । उनले शुक्रबार नै प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *