अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस २९ गते।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको सपथ लिएपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।
जसअनुसार मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहालाई मन्त्री पदमा नियुक्त गरेका हुन ।