अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १ गते।
यती एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका सबै शव भोलि परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए।
फेला परेका सबै शवहरू आज स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको हो।
पहिचान भएका शव भोलि आफन्तलाई जिम्मा लगाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।
शाहीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ। त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए।