यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि देशभर सार्वजनिक बिदा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १ गते।

यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ ।

सरकारले राज्यको सबै शक्ति लगाएर भए पनि उद्धारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्षलाई निर्देशन पनि दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *