अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २ गते।
पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ।
विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
सरकारले सोमबारका दिन अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक बिदा दिएको छ ।
आइतबार काठमाडौँदेखि पोखराका लागि उडेको यती एअरको विमान पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त बनेको थियो।