मिथिलामा आज चैती छठपर्व मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,चैत्र १३ गते। 

जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठपर्व मनाइँदै छ ।

शनिबारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो आज मुख्यदिन रहेको छ । आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भोली मंगलबार बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न हुनेछ ।

कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ ।

पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।

अर्घमा ठकुवा, भुसवा ,केरा, मुला, उँखु, भण्टा, नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।

जनकपुरको गंगासागर, अंर्गजा सागर, धनुष सागर सहितका विभिन्न जलासयहरुमा छठ पर्व गर्ने तथा हेर्ने दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहि आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *