विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १४ गते।

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

प्रहरीको घेरा तोडेर आन्दोलनकारी विराटनगरको बीग होटलतर्फ प्रवेश गर्न खोजेपछि हवाई फायर तथा अश्रुग्यास प्रहार गरेर तितरबितर बनाउने प्रयास भएको हो ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *