एसईई आजबाट सुरु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १७ गते।

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदै छ ।

बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा ४ लाख ८४ हजार २२७ जना परीक्षार्थी सहभागी छन् ।

चैत २९ गतेसम्म चल्ने एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन अपिल गरेका छन् । आज बिहानै आफ्नो फेसबुक मार्फत परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गगर्दै उनले परीक्षा मर्यादित बनाउन अपिल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *