अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ६ गते।
आज र भोलि देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ ।
बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।
मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरूलाई आग्रह गरेको छ । आज खान छुटेकाहरूलाई भोलि वैशाख ७ गते खुवाउन सकिन्छ ।