रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अनलाईन न्युजपाटी ,रौतहट,समाचारदाता,जेठ ६ गते।

रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ ।

गौर नगरपालिका ७ सिसवा गाउँका ३५ वर्षीय शेख कबिरले छुरा प्रहार गरी छिमेकी ५० वर्षीय यार महदम खानको गए राति १० बजे गरेको प्रहरीले जनाएको छ।

दुवैजना बीच केही विवाद हुँदा कविरले खानको पेटमा  छुरा प्रहार गरेका थिए। पेट र मुटुमा गम्भीर चोट लागेका खानलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

आरोपी कबीर फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले बताएका छन्।

उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *